image
image
इन्डोनेसियामा अवैध सुनखानीमा बाढी पस्दा १३ जनाको मृत्यु, १३ जना अझै बेपत्ता

इन्डोनेसियामा अवैध सुनखानीमा बाढी पस्दा १३ जनाको मृत्यु, १३ जना अझै बेपत्ता

मंसिर १०। इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित बोगोर क्षेत्रमा रहेको अवैध सुनखानीमा बाढी पस्दा कम्तीमा १३ जना कामदारको मृत्यु भएको छ भने अन्य १३ जना अझै बेपत्ता छन्।

गत सोमबार भारी वर्षाका कारण नजिकैको नदीमा आएको बाढी खानीभित्र पसेपछि कामदारहरू करिब १०० मिटर गहिराइमा फसेका थिए। दुर्घटनाका बेला खानीभित्र २६ जना कामदार रहेको बताइएको छ।

उद्धार अधिकारीहरूका अनुसार १३ जनाको शव फेला परिसकेको छ। मृतकमध्ये छ जनाको मात्र पहिचान खुलेको छ। बाँकी बेपत्ताको खोजी तथा उद्धार कार्य बिहीबार पनि जारी राखिएको छ।

खानीको साँघुरो बाटो, अँध्यारो वातावरण, चिप्लो जमिन र अत्यधिक गहिराइका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। उद्धार अभियानमा ३२५ जना सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालन गरिएको छ।

इन्डोनेसियामा अवैध खानी सञ्चालनका कारण यसअघि पनि बाढी, पहिरो तथा सुरुङ भत्किने जस्ता दुर्घटना हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।