सुदूरपश्चिम रोयल्स लगातार तेस्रोपटक एनपीएल फाइनलमा प्रवेश
मंसिर ५। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै लगातार तेस्रो सिजन फाइनलमा स्थान सुरक्षित गरेको छ। पहिले ब्याटिङ गरेको चितवनले डेविड मलानको अविजित ७१ रनको योगदानमा १३३ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिमका थारिन्दु रत्नायकेले अविजित ५३ रन बनाएर टोलीलाई जित दिलाए। अब उपाधिका लागि शनिबार नोभेम्बर २१ मा सुदूरपश्चिमले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम यसपटक पहिलो उपाधिको खोजीमा छ।









