image
image
एनपीएलका लागि नेपाल टेलिकमले थप्यो १९ वटा स्मल सेल

एनपीएलका लागि नेपाल टेलिकमले थप्यो १९ वटा स्मल सेल

मंसिर ५। नेपाल प्रिमियर लिगका खेल हेर्न त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुग्ने दर्शकलाई मोबाइल सेवा सहज बनाउन नेपाल टेलिकमले १९ वटा स्मल सेल उपकरण जडान गरेको छ। कम्पनीका अनुसार १८ वटा उपकरण मैदानभित्र र एउटा बाहिरी स्टल क्षेत्रका लागि राखिएको छ। साथै, मैदानलाई सेवा दिने नेटवर्क साइटको संख्या तीनबाट बढाएर पाँच पुर्‍याइएको छ। बल्खु र चोभारमा थप दुई नेटवर्क साइट सञ्चालनमा ल्याइएको कम्पनीका प्रतिनिधिले बताएका छन्। ठूलो संख्यामा दर्शक उपस्थित हुँदा मोबाइल कल र इन्टरनेटमा हुने चाप कम गर्न यो प्रविधि उपयोगी हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।