मन्त्रिपरिषद् बैठक बिहान ११ बजे बस्दै
मंसिर ५। प्रधानमन्त्री बालेन्द्र शाहले आज शुक्रबार बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल हुने र भ्रमणसम्बन्धी औपचारिक निर्णय गरिने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन्। बैठकमा अन्य समसामयिक तथा सरकारका नियमित कामकारबाहीका विषयमा समेत छलफल हुने बताइएको छ।









