image
image
भोटेकोशी बाढीलाई जलवायु परिवर्तनको विश्वव्यापी चेतावनीका रूपमा नेपालले उठायो

भोटेकोशी बाढीलाई जलवायु परिवर्तनको विश्वव्यापी चेतावनीका रूपमा नेपालले उठायो

मंसिर ५। टर्कीको अन्टाल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–३१) मा नेपालले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम र भोटेकोशी बाढीबाट भएको क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेको छ। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रमा देखिएका विपद् नेपालमा मात्र सीमित नभई विश्वव्यापी जलवायु संकटसँग जोडिएको विषय भएको बताएकी छन्। नेपाल प्याभिलियनमा नोभेम्बर ९ देखि १९ सम्म जलवायु परिवर्तनसम्बन्धी ४७ वटा कार्यक्रम सञ्चालन भएका थिए, जसमा २८८ जना वक्ता सहभागी भएका थिए। नेपालले विपद् जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र प्रभावित समुदायका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विषयमा जोड दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।