बाढीपछिको पुनर्निर्माणका लागि एडिबीसँग थप सहयोग माग
मंसिर २। नेपालले गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा जलवायु उत्थानशील पूर्वाधार विकासका लागि एसियाली विकास बैंक (एडिबी)सँग थप सहयोग माग गरेको छ। टर्कीको अन्ताल्यामा जारी कोप–३१ सम्मेलनका क्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले एडिबीका उपाध्यक्षसँग भेट गर्दै भोटेकोशी करिडोरको पुनर्निर्माणका लागि सहयोग आवश्यक रहेको बताएकी हुन्। बाढीबाट प्रभावित क्षेत्रको पुनर्लाभका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ। नेपालले अनुदानमा आधारित सहयोग, सुरक्षित पुनर्वास र पूर्वसूचना प्रणाली विकासमा साझेदारी गर्न पनि आग्रह गरेको छ।









