प्रचण्डको मस्को सम्बोधन : नेपाल भूराजनीतिक प्रतिस्पर्धाको मैदान बन्नु हुँदैन
मंसिर २। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसको राजधानी मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपाल भूराजनीतिक प्रतिस्पर्धाको मैदान नभई क्षेत्रीय सहयोग र साझा समृद्धिको पुल बन्नुपर्ने बताएका छन्। ‘फर द फ्रिडम अफ नेसन्स’ नामक अन्तर्राष्ट्रिय आन्दोलनको महासभामा बोल्दै उनले नेपालले स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय स्वाधीनता र आर्थिक स्वतन्त्रतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन्। सम्मेलनमा ७६ देशका ४८० प्रतिनिधि सहभागी भएको विवरण सार्वजनिक भएको छ।









