एनपीएल प्लेअफ आजदेखि, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
मंसिर २। नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत प्लेअफ चरण आजदेखि सुरु हुँदैछ। पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दैछन्। लिग चरणमा लुम्बिनीले सात खेलबाट ११ अंकसहित पहिलो स्थान हासिल गरेको थियो भने सुदूरपश्चिम १० अंकसहित दोस्रो भएको थियो। यसैबीच सुदूरपश्चिमले बाँकी खेलका लागि स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सेलाई टोलीमा अनुबन्ध गरेको छ। आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ।









