हेम्जामा दोस्रो साहित्य महोत्सव आयोजना हुँदै
मंसिर २। कास्कीको पोखरा महानगरपालिका–२५ स्थित हेम्जामा मंसिर ५ र ६ गते दोस्रो हेमजा साहित्य महोत्सव आयोजना हुने भएको छ। नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै हेम्जालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पहिचान दिलाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। कार्यक्रममा कविता, गजल, मुक्तक, आख्यान, साहित्यिक विमर्श, पुस्तक परिचर्चा तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिने आयोजकले जनाएको छ। महोत्सवमा पाँच हजारभन्दा बढी साहित्यप्रेमी सहभागी हुने अपेक्षा गरिएको छ।









