image
image
प्रधानमन्त्रीको कार्यकक्षसँगै तयार भयो दानबहादुर कार्कीको कोठा, नियुक्तिपत्र पनि बुझिसके

प्रधानमन्त्रीको कार्यकक्षसँगै तयार भयो दानबहादुर कार्कीको कोठा, नियुक्तिपत्र पनि बुझिसके

२७ कात्तिक। पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिन सरकारले तयारी पूरा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको कार्यकक्षसँगै कार्कीका लागि छुट्टै कार्यकक्षसमेत तयार पारिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्कीले नयाँ जिम्मेवारीको नियुक्तिपत्रसमेत बुझिसकेका छन्। तर, उनी भने अहिलेसम्म नयाँ जिम्मेवारी सम्हाल्न सिंहदरबार पुगेका छैनन्।

सरकारले उनलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेपछि कार्कीले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आफ्नो पदबाट हटाउने सरकारको निर्णय कानुनसम्मत नभएको जिकिर गर्दै उनले न्यायिक उपचार खोजेका हुन्।

कार्की निकट स्रोतका अनुसार सर्वोच्च अदालतबाट आफ्नो पक्षमा आदेश वा फैसला नआएसम्म उनी नयाँ जिम्मेवारीमा हाजिर हुने पक्षमा छैनन्। उनको मुद्दाको सुनुवाइका लागि आगामी कात्तिक ३० गते पेसी तोकिएको छ।

यता सरकारले भने उनको कार्यकक्ष तयार पारेर नियुक्ति कार्यान्वयनको तयारी गरिसकेको छ। नियुक्तिपत्र बुझिसकेका कार्की जिम्मेवारीमा हाजिर नहुनु र सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहनुले यो प्रकरण थप चासोको विषय बनेको छ।

अब सर्वोच्च अदालतको आदेशपछि कार्कीले नयाँ जिम्मेवारी सम्हाल्ने वा सरकारको निर्णयमा थप कानुनी प्रक्रिया अघि बढ्ने भन्ने विषय स्पष्ट हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।