image
image
आज देशभरको मौसम कस्तो रहला?

आज देशभरको मौसम कस्तो रहला?

२७ कात्तिक। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज देशका विभिन्न क्षेत्रमा मौसममा सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

यसैबीच तराईका केही स्थान, उपत्यका तथा नदी आसपासका क्षेत्रमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले हवाई तथा सडक यातायातमा सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।