image
image
नेपालमा रगतको अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

नेपालमा रगतको अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

कात्तिक १३ — नेपाल रेडक्रस सोसाइटीले काठमाडौं उपत्यकामा रगत तथा रगतका केही महत्त्वपूर्ण अवयवको मौज्दात अत्यन्त कम भएपछि रक्तदान गर्न सर्वसाधारणलाई अपिल गरेको छ। केन्द्रीय रक्तसञ्चार सेवामा रगतको अभाव हुँदा आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामी प्रभावित हुन सक्ने चिन्ता बढेको छ।

अस्पतालमा उपचाररत बिरामीलाई समयमै रगत उपलब्ध गराउन नियमित रक्तदान आवश्यक रहेको रेडक्रसले जनाएको छ। स्वस्थ व्यक्तिले रक्तदानमा सहभागी भएर बिरामीको उपचारमा सहयोग गर्न सक्ने भएकाले संघसंस्था, युवा समूह तथा सर्वसाधारणलाई रक्तदान कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।