image
image
चितवनको ‘धान जोन’मा उत्पादनमा वृद्धि, उत्पादकत्व प्रतिहेक्टर ५.८८ मेट्रिक टन पुग्ने अनुमान

चितवनको ‘धान जोन’मा उत्पादनमा वृद्धि, उत्पादकत्व प्रतिहेक्टर ५.८८ मेट्रिक टन पुग्ने अनुमान

कार्तिक १२। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित चितवनको ‘धान जोन’ क्षेत्रमा यस वर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ। बालीको वर्तमान अवस्था र प्रारम्भिक ‘क्रप कटिङ’ (Crop Cutting) को नतिजाअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको कुल उत्पादन र उत्पादकत्व दुवैमा सुधार आउने देखिएको हो।

परियोजना कार्यान्वयन एकाइका अनुसार यस वर्ष धान जोन क्षेत्रमा कुल ५० हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। गत वर्ष सोही क्षेत्रमा करिब ४५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यस हिसाबले यस वर्ष उत्पादनमा करिब ११.१ प्रतिशतको वृद्धि हुने देखिएको छ।

उत्पादनसँगै उत्पादकत्वमा पनि सुधार आएको छ। गत वर्ष प्रतिहेक्टर ५.२९ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष बढेर प्रतिहेक्टर ५.८८ मेट्रिक टन पुग्ने प्रारम्भिक अनुमान गरिएको छ।

धान उत्पादन बढ्नुमा यस वर्ष समयमै भएको पर्याप्त वर्षा, सुधारिएको सिँचाइ सुविधा, र किसानहरूले अपनाएको आधुनिक कृषि प्रविधि मुख्य कारण रहेका छन्। साथै, धान जोन कार्यक्रममार्फत उपलब्ध गराइएका उन्नत जातका बीउ, यन्त्रीकरण (धान रोप्ने र काट्ने मेसिनको प्रयोग) तथा प्राविधिक सहयोगले पनि उत्पादन बढाउन महत्त्वपूर्ण भूमिका खेलेको कृषकहरूको भनाइ छ।

कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा क्रप कटिङको काम अझै जारी रहेकाले अन्तिम तथ्यांक आउँदा उत्पादनमा केही थप फेरबदल हुन सक्ने भए पनि समग्रमा यस वर्ष चितवनका धान उत्पादक किसानहरू उत्साहित देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।