फैसला कार्यान्वयन न्यून हुनु स्वाभाविक होइन : कानुनमन्त्री गौतम
भाद्र २५। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतबाट भएका फैसला कार्यान्वयनको दर न्यून हुनु स्वाभाविक विषय नभएको बताएकी छन्। उनले न्यायालयबाट फैसला भइसकेपछि त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै फैसला कार्यान्वयनको अवस्था सुधार गर्न आवश्यक रहेको बताएकी हुन्। पछिल्लो समय न्याय सम्पादनसँगै फैसला कार्यान्वयनको प्रभावकारितामाथि पनि प्रश्न उठिरहेका बेला मन्त्री गौतमको यस्तो धारणा आएको हो। फैसला कार्यान्वयन कमजोर हुँदा न्याय पाउने प्रक्रिया नै अधुरो हुने भएकाले सम्बन्धित निकायबीच समन्वय र कार्यान्वयन संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।









