image
image
ग्यास अभावको विरोध : आरआर गेटमै विद्यार्थीले दाउरामा पकाए खाना

ग्यास अभावको विरोध : आरआर गेटमै विद्यार्थीले दाउरामा पकाए खाना

भाद्र २५।  बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्न सरकार असफल भएको भन्दै विद्यार्थीहरूले सांकेतिक विरोध गरेका छन्। अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीहरूले बिहीबार काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको मुख्य गेटमै दाउरा बालेर खाना पकाएका हुन्। विद्यार्थीहरूले दाउरामा भात तथा गुन्द्रुक–आलु पकाएर सरकारको ध्यानाकर्षण गराएका छन्। क्याम्पस गेटमा पकाइएको खाना उनीहरूले त्यहीँ बसेर खाएका थिए। ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा बजारमा देखिएको अभाव तत्काल समाधान गर्न सरकारसँग माग गर्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले सर्वसाधारणले दैनिक उपभोग गर्ने अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।