अमेरिकामा रहेका व्यवसायी पासाङ लामाले रसुवा बाढीपीडितलाई १ करोड ७ हजार सहयोग
भाद्र २५। अमेरिकामा व्यवसाय गर्दै आएका नेपाली व्यवसायी पासाङ लामाले रसुवा बाढीपीडितका लागि १ करोड ७ हजार रुपैयाँ सहयोग गरेका छन्। लामाले आफ्नो लामा फाउण्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन्। रसुवामा भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटिरहेको समयमा लामाको यो सहयोग आएको हो। सरकारी राहत पोर्टलले पनि रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलगायत आधिकारिक माध्यमबाट सहयोग संकलन भइरहेको जनाएको छ।
रामेछापलाई आफ्नो मूल घर बताउने पासाङ लामा अमेरिकामा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनले अमेरिकामा १४० वटा ग्यास स्टेसनसहित अन्य व्यवसायहरू सञ्चालन गरिरहेको जनाइएको छ। विपद्का बेला मातृभूमिका प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले फाउण्डेशनमार्फत उक्त रकम प्रदान गरिएको हो।









