प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
भाद्र २५। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकमा पछिल्लो समय देखिएका बाढी तथा प्राकृतिक विपद्को अवस्था, उद्धार तथा राहत कार्य, समसामयिक सरकारी कामकारबाहीलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले यसअघि सुरक्षा निकायका प्रमुखहरूसँग भेटवार्ता गरी बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत तथा उपचारका विषयमा जानकारी लिएका थिए।









