image
image
रसुवामा उद्धार जारी, १२१ जना अझै सुरुङभित्र फसेको आशंका

रसुवामा उद्धार जारी, १२१ जना अझै सुरुङभित्र फसेको आशंका

भाद्र २४। रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको खोजी तथा उद्धार जारी छ। नेपाली सेनाको आकलनअनुसार विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा १२१ जना प्रवेश गरेको प्रमाण भेटिएको छ र उनीहरूको अवस्था पत्ता लगाउन उद्धार टोलीले खोजी तीव्र बनाएको छ।

यसअघि त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट दुई कामदारलाई जीवितै उद्धार गरिएपछि अन्य सुरुङमा रहेका व्यक्तिलाई पनि जीवितै उद्धार गर्न सकिने आशा बढेको छ। उद्धार टोलीले सुरुङभित्रको माटो, ढुंगा र पानी हटाउँदै खोजी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।