image
image
पाल्पामा दुई महिनामै २५५ जनामा डेङ्गु संक्रमण

पाल्पामा दुई महिनामै २५५ जनामा डेङ्गु संक्रमण

भाद्र २३। पाल्पामा पछिल्लो दुई महिनामै २५५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा डेङ्गु संक्रमितको संख्या बढ्दै गएको हो। वर्षायामसँगै लामखुट्टेको प्रजनन बढ्दा संक्रमण फैलिने जोखिमसमेत बढेको भन्दै स्वास्थ्यकर्मीहरूले घरवरपर पानी जम्न नदिन, सरसफाइमा विशेष ध्यान दिन र डेङ्गुका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्था जान आग्रह गरेका छन्। डेङ्गुबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुका साथै पानी जम्ने स्थान नष्ट गर्नु र व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।