image
image
हङकङले नेपालसामु राख्यो २ सय ६२ रनको लक्ष्य

हङकङले नेपालसामु राख्यो २ सय ६२ रनको लक्ष्य

भाद्र २३। एसीसी पुरुष प्रिमियर कपअन्तर्गत हङकङले नेपालसामु २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ५० भरमा ७ओ विकेट गुमाउँदै २६१ रन बनाएको हो। हङकङका बाबर हयातले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ११७ रनको शतकीय पारी खेले। उनले १२६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे। एक समय १३३ रनमा ७ विकेट गुमाएर दबाबमा परेको हङकङलाई हयात र इहसान खानले आठौँ विकेटका लागि १२८ रनको अविजित साझेदारी गर्दै बलियो अवस्थामा पुर्‍याए। नेपालका लागि सन्दीप लामिछानेले ४ तथा शेर मल्लले ३ विकेट लिए। अब नेपालले जितका लागि २६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।