Gen-Z आन्दोलनको एक वर्ष: सडकमा उठेको आवाजले नेपाललाई कति बदल्यो?
भाद्र २३। आज नेपालमा भएको Gen-G आन्दोलनले एक वर्ष पूरा गरेको छ। गत वर्ष आजकै दिन युवाहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति, बेरोजगारी र राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टिविरुद्ध सडकमा आवाज उठाएका थिए। सुरुवातमा एउटा विरोधका रूपमा देखिएको आन्दोलनले केही समयमै देशको राजनीतिक वातावरण नै हल्लाइदियो र युवाको शक्ति तथा परिवर्तनप्रतिको चाहना स्पष्ट रूपमा देखायो। एक वर्षपछि फर्केर हेर्दा आन्दोलनले उठाएका धेरै प्रश्न अझै पनि उत्तिकै सान्दर्भिक छन्—के भ्रष्टाचार र बेथिति घट्यो? के युवाको आवाज राज्यले सुनेको छ? र आन्दोलनका क्रममा ज्यान गुमाउने तथा घाइते भएकाहरूले न्याय पाए? त्यसैले Gen-G आन्दोलनको एक वर्ष केवल सम्झना गर्ने दिन होइन, आन्दोलनले उठाएका माग र परिवर्तनका वाचाहरू कति पूरा भए भनेर मूल्यांकन गर्ने दिन पनि हो।









