image
image
इरान–अमेरिका वार्ताको संकेतसँगै कच्चा तेलको भाउ घट्यो!

इरान–अमेरिका वार्ताको संकेतसँगै कच्चा तेलको भाउ घट्यो!

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। कतारको दोहामा अमेरिका–इरानबीच सम्भावित वार्ताको अपेक्षा, चीनबाट कमजोर तेल माग तथा युद्धविरामपछि आपूर्ति सामान्य हुने संकेतका कारण तेलको मूल्य ओरालो लागेको हो।

ब्रेन्ट क्रुडको अगस्ट डेलिभरी मूल्य करिब ०.९ प्रतिशत घटेर प्रति ब्यारेल ७२.५१ अमेरिकी डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (WTI) को मूल्य पनि करिब ०.६ प्रतिशतले घटेको छ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा तनाव केही कम हुने अपेक्षा, चीनको कमजोर माग र आपूर्ति पुनः सामान्य हुने संकेतले बजारमा दबाब परेको छ। यद्यपि, अमेरिका–इरान वार्ता र होर्मुज जलडमरूमध्यको अवस्थाले आगामी दिनमा तेल बजारको दिशा तय गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।