शीतभण्डारले बजारीकरणमा सहज
काठमाडौँ। गतवर्ष आलु राम्रो उत्पादन गरेका बागलुङ बरेङका किसानलहरुले बजार पाएनन् । भण्डारण गरिएको आलु खान नमिल्ने भयो आधा कुहियो, आधा उम्रियो। सिजनमा बजार मूल्य निकै कम हुने र ‘अफ सिजन’मा विक्री गर्न आलु जोगाउनै किसानलाई सार्है कठिन परेको छ ।
आलुखेती गरेर पनि राम्रो आम्दानी लिन नसकेका बरेङ गाउँपालिका–५ सुखौराका किसानले अब भने सुखको श्वास फेर्नेछन् । सुखौरामा कृषि उपज भण्डारणका लागि शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् ।
सुखौरा गाउँपालिकाले आलुको पकेट क्षेत्रका रुपमा विकास गरिएको क्षेत्र हो । यहाँ फलेको आलु स्वादिलो भएकाले उपभोक्ताको रोजाइमा परेको छ । शीतभण्डार निर्माण भएसँगै यहाँका किसानले उत्पादन गरेको आलु बाह्रै महीना विक्रीका लागि तयार रहने गाउँपालिकाको भनाई छ ।
गाउँपालिकाको पहल र गण्डकी प्रदेश सरकारको १५ लाख लागतमा शीतभण्डार निर्माण गरिएको छ । किसानहरुले उब्जाउ गरेको कृषि उपज सुरक्षित राख्न सकिने भन्दै थापाले खुशी व्यक्त गरेका छन् । उत्पादित आलु अफ सिजनमा बेचेर दुई गुणा बढी फाइदा लिन सकिने उनले बताएका छन्।
आलु पकेट क्षेत्र घोषणा भएसंगै किसानले गहुँ र जौ लगाउने जग्गामा समेत आलु नै रोप्न थालेका छन् । सरकारले उत्पादनका लागि अनुदान दिन थालेसँगै किसान आलुखेतीमा खुशी भएका छन् ।