image
image

शीतभण्डारले बजारीकरणमा सहज

काठमाडौँ। गतवर्ष आलु राम्रो उत्पादन गरेका बागलुङ बरेङका किसानलहरुले बजार पाएनन् । भण्डारण गरिएको आलु खान नमिल्ने भयो आधा कुहियो, आधा उम्रियो। सिजनमा बजार मूल्य निकै कम हुने र ‘अफ सिजन’मा विक्री गर्न आलु जोगाउनै किसानलाई सार्है कठिन परेको  छ ।  

 आलुखेती गरेर पनि राम्रो आम्दानी लिन नसकेका बरेङ गाउँपालिका–५ सुखौराका किसानले अब भने सुखको श्वास फेर्नेछन् । सुखौरामा कृषि उपज भण्डारणका लागि शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् ।

सुखौरा गाउँपालिकाले आलुको पकेट क्षेत्रका रुपमा विकास गरिएको क्षेत्र हो । यहाँ फलेको आलु स्वादिलो भएकाले उपभोक्ताको रोजाइमा परेको छ । शीतभण्डार निर्माण भएसँगै यहाँका किसानले उत्पादन गरेको आलु बाह्रै महीना विक्रीका लागि तयार रहने गाउँपालिकाको भनाई छ ।  
   
गाउँपालिकाको पहल र गण्डकी प्रदेश सरकारको १५ लाख लागतमा शीतभण्डार निर्माण गरिएको छ  । किसानहरुले उब्जाउ गरेको कृषि उपज सुरक्षित राख्न सकिने भन्दै थापाले खुशी व्यक्त गरेका छन् । उत्पादित आलु अफ सिजनमा बेचेर दुई गुणा बढी फाइदा लिन सकिने उनले बताएका छन्।

आलु पकेट क्षेत्र घोषणा भएसंगै किसानले गहुँ र जौ लगाउने जग्गामा समेत आलु नै रोप्न थालेका छन् । सरकारले उत्पादनका लागि अनुदान दिन थालेसँगै किसान आलुखेतीमा खुशी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।