पश्चिम एसियाको तनावले उकालो लाग्यो तेलको मूल्य, १०० डलर नजिक
भाद्र २४। पश्चिम एसियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। आपूर्ति अवरुद्ध हुनसक्ने चिन्ताले तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नजिक पुगेको हो। तनाव थप बढेमा विश्व बजारमा तेलको आपूर्ति र मूल्यमा थप दबाब पर्न सक्ने देखिएको छ।









