जेनजी आन्दोलनको एक वर्षपछि जलेको घरबाट ओलीको सम्बोधन
भाद्र २४। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ गते जलेको घरबाट सम्बोधन गर्ने भएका छन्। आन्दोलनको स्मरणसँगै ओलीले त्यही स्थानबाट वर्तमान राजनीतिक अवस्था, आन्दोलनका कारण र आगामी राजनीतिक दिशाबारे आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।









