भुटानमा हिमताल बाढीको जोखिम घटाउन २४ घण्टा निगरानी
जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिँदा विस्तार भइरहेका हिमतालबाट आउन सक्ने हिमताल विस्फोटजन्य बाढी (GLOF) को जोखिम घटाउन भुटानले २४ घण्टा निगरानी तथा पूर्वसूचना प्रणाली सञ्चालन गरिरहेको छ। निगरानी केन्द्रबाट हिमताल र नदीको जलस्तरमा भइरहेको परिवर्तन निरन्तर हेर्ने र जोखिम देखिएमा प्रभावित क्षेत्रमा पूर्वसूचना पठाउने व्यवस्था गरिएको छ।
भुटानमा हाल तीन नदी बेसिनमा GLOF पूर्वसूचना प्रणाली सञ्चालनमा छ र १३ वटा निगरानी स्टेशनबाट जोखिमको निगरानी भइरहेको वैज्ञानिक अध्ययनले देखाएको छ।









