बाढीबारे संसदमा बोल्दै रवि लामिछाने
भाद्र २४। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभाको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबारे सम्बोधन गर्ने भएका छन्। उनले बाढी प्रभावितको खोजी, उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका विषयमा सदनमा आफ्नो धारणा राख्नेछन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ।









