image
image

एक महिनामा ३८ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

काठमाडौँ, १५, माघ । वैदेशिक रोजगारीका लागि एक महिनामा झन्डै ३९ हजार नेपाली बाहिरिएका छन् । पुस महिनामा मात्र ३८ हजार ८६४ जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् ।

 वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार संस्थागत श्रम स्वीकृति लिएर ३२ हजार ५९७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै ५ हजार १०२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । त्यसरी वैदेशिक रोजगारीमा जानेमा ३५ हजार १७५ पुरुष र ३ हजार ६८९ महिला रहेका छन् । 

पुस महिनामा १ हजार १६५ जना ‘जी टु जी’ मार्फत दक्षिण कोरिया गएका छन् । पुस महिनामा सबैभन्दा बढी मलेसिया गएका छन् । मलेसियामा १६ हजार ७५५ जना गएका छन् । त्यसपछि साउदी अरबमा ६ हजार २३५, युएईमा ४ हजार ५४३, कतारमा २ हजार ५०६, कुवेतमा २ हजार ७८९, दक्षिण कोरियामा १ हजार २०७ जना गएका छन् । त्यस्तै १८५ जना बेलायत समेत पुगेका छन् । 

त्यो अवधिमा ६५ हजार ४६४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । सम्बन्धित देशबाट नै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था छ । जसले गर्दा नेपाल आएर पुनः श्रम स्वीकृति गरियो वा विदेशबाटै श्रम स्वीकृति गरियो भन्ने जानकारी भने विभागले राख्न सकेको छैन । 

चालु आर्थिक वर्षको ६ महिनामा २ लाख ३३ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

पुस महिनामा वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । धनुषाबाट १ हजार ४६६ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसपछि झापाबाट १ हजार ४४० जना, मोरङबाट १ हजार २७७, सर्लाहीबाट १ हजार २७२, सिराहाबाट १ हजार १३० जना वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाएको छ । 

६ महिनामा २ लाख ३३ हजार नेपाली विदेशिए

चालु आर्थिक वर्षको ६ महिनामा २ लाख ३३ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा २ लाख ३३ हजार ३०३ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । 

त्यो अवधिमा ४ लाख १४ हजार ५४६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । मङ्सिर महिनामा ४० हजार ४४ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ३५ हजार ९२८ जना पुरुष र ४ हजार ११६ महिला थिए । मङ्सिर मा ६८ हजार ५६४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

त्यस्तै कात्तिकमा ४८ हजार ८०३ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ४३ हजार ८७९ पुरुष र ४ हजार ९२४ जना महिला थिए । भने ७८ हजार ३७० जनाले पुनः श्रम स्वीकृति लिएका थिए । असोजमा ४४ हजार ३४ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ४० हजार ९७ जना पुरुष र ३ हजार ९३७ जना महिला थिए । भने ६२ हजार ७०६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

भदौमा सबैभन्दा बढी ५७ हजार ६९३ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ५१ हजार ५७३ जना पुरुष र ६ हजार १२० जना महिला थिए । त्यो अवधिमा ७६ हजार ४०३ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । साउनमा ४२ हजार ७२९ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ३८ हजार २०० पुरुष र ४ हजार ५२९ महिला थिए । त्यो अवधिमा ६३ हजार ३९ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

अघिल्लो आर्थिक वर्षको ६ महिनामा १ लाख ६६ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७८÷०७९ को पुसमा ३५ हजार ९९३, मङ्सिर मा ३४ हजार ४९७, कात्तिकमा ३० हजार १८, असोजमा २७ हजार ८२४, भदौमा २४ हजार ६९२, साउनमा १३ हजार ८०० जनाले श्रम स्वीकृति लिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।