image

आइफोन १३ सिरिज सार्वजनिक, यस्तो छ फिचर 

आइफोन १३ सिरिज सार्वजनिक, यस्तो छ फिचर 

काठमाडौँ ३० भदौ  । एप्पलले  आईफोन १३ सिरिज सार्वजनिक गरेको छ । मंगलबार राति आयोजित कार्यक्रममा एप्पलले आइफोन १३, आईफोन १३ मिनी, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स गरी ४ मोडलमा नयाँ सिरिज सार्वजनिक गरेको हो ।

आइफोन १३ मा ए१५ बायोनिक चिप राखिएको एप्पलले जनाएको छ । हालसम्मका सबै स्मार्टफोनको तुलनामा फास्ट सीपीयू रहेको दाबी गरिएको यो फोनमा १६ कोर न्युरल इन्जिन छ, जसले आइओएस १५ को साथमा प्रयोगकर्ताले अर्को तहको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

आइफोन १३ मा १२ मेगापिक्सेलको वाइड एंगल लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरासहित दुई ओटा क्यामेरा दिइएको छ । दुवै फोनमा फाइभजी कनेक्टिभिटीको सुविधा छ । आइफोन मिनीको मूल्य ६९९ अमेरिकी डलर र आइफोन १३ को मूल्य ७९९ अमेरिकी डलर तोकिएको  छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।