image
image

फोरजीका प्रयोगकर्ताको सङ्ख्यामा बृद्धि

काठमाडौँ २७ भदौ । पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एक वर्षको तथ्याङ्कअनुसार फोरजीका प्रयोकर्ता बढ्दै गएको देखाइएको छ ।


गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक पुगेको छ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै आएका छन् ।

टेलिकमका ४७ लाख ४४ हजार प्रयोगकर्ता छन् । गत जेठमा २७ लाख ७ हजार ४२९ प्रयोगकर्ता रहेका थिए । एक महिनामा मात्र १९ लाख ७३ हजार बढी फोरजीका प्रयोगकर्ता थपिएका छन् । एक वर्षमा एनसेलका फोरजीका ग्राहक ५० लाख ४२ हजार बढी छन् । गत जेठमा ४८ लाख ५ हजार प्रयोगकर्ता गरेका थिए ।

स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ६६ हजार छन् । गत जेठमा एक लाख ५१ हजार ७१५ जना प्रयोगकर्ता रहेका थिए । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । तीन सेवा प्रदायकसँग ९९ लाख ५४ हजार ११९ फोजरीका प्रयोगकर्ता थपिएका छन् । गत जेठमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६४ हजार ४५९ थिए । एक महिनामा तीन सेवा प्रदायकका २२ लाख ८९ हजार ६६० प्रयोगकर्ता थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।