रोलिङ्ग प्लान्सले गर्यो १८औं वर्षमा प्रवेश
काठमाडौँ २५ भदौ । विगत १७ वर्ष देखि नेपलमा मानव संसाधनको क्षेत्रमा काम गर्दै आएको रोलिङ्ग प्लान्स आज बाट १८ वर्षमा प्रवेश गरेको छ । त्यसैगरी रोलिङ्ग प्लान्सद्वारा संचालित रोलिङ्ग नेक्ससको पनि आज एक वर्ष पुरा भएको छ ।नेक्सस नेपालको पहिलो व्यावसायिक नेटवर्कि प्लेटफर्म पनि हो जसले 4E प्रिन्सिपललाई आत्मसात गरेर अगाडी बढेको छ ।

सोहि अवसरमा प्लान्सको आयोजनामा आज एउटा सानो कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा रोलिङ्ग प्लान्सका अध्यक्ष अनुप जंगम, निर्देशक निशा केसी जंगम, कार्यकारी अध्यक्ष सन्तोष भारती लगाएकाले आफ्नो मन्तव्य राख्नु भएको थियो । त्यसैगरी कार्यक्रममा सबै सरोकारवालाहरु, ग्राहकहरु, सेवा प्रदायकहरु, सेवा चाहनेहरु र अन्य जनतालाई धन्यवाद दिईएको थियो । कोरोना महामारीका कारण केहि जटिलता सामना गर्नु परेको भएपनि आगामी वर्षमा झन् मजबुतीको साथ अगाडी बढ्ने बताईएको थियो ।