image
image

अब टीभीएसका सवारी साधनहरुको किस्ता खल्तीबाट भुक्तानी

काठमाडौँ ५ साउन ।  खल्ती डिजिटल वालेटले नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टीभीएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने सुविधा ल्याएको छ । 


डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ ।


खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टीभीएसको मोटरसाइकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्न सक्ने भएको हो ।


खल्तीले ग्राहकहरुको सहजताको लागि टीभीएस सोरुममा खल्ती क्यूआर पनि सेट गरेको छ जस मार्फत ग्राहकहरुले युनियन पेसँग आवद्ध बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् । 
 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।