image
image

आज ‘सानो आकार’को मन्त्रिपरिषद्

काठमाडौँ - सर्वोच्च अदालतको आदेशअनुसार मंगलबार प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन्। सर्वोच्च अदालतले मंगलबार दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो।

विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरूको मंगलबार बिहान बस्ने बैठकले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गर्ने भएको छ। ‘प्रधानमन्त्रीको सपथका लागि केही संकेत आए पनि अहिलेसम्म समय तय भएको छैन,’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘प्रधानमन्त्रीको सपथसँगै सानो मन्त्रिपरिषद् भोलि (मंगलबार) नै बन्छ। त्यसका लागि बिहान शीर्ष नेताहरू बसेर टुंगो लगाउनुहुनेछ।’

संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको छ। मन्त्रिपरिषद् गठनको सुरुआती चरणमै गठबन्धनमा रहेका सबै दललाई समेटेर अघि बढ्ने तयारी रहेको एक नेताले जानकारी दिए।
-नागरिक दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।