image
image

एमाले स्थायी समिति बैठक स्थगित

काठमाडौँ  २७ असार  ।आज बस्ने भनिएको नेकपा एमालेको स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । आइतबार अपरान्ह चार बजेका लागि बैठक बोलाइएको थियो । कार्यदलको बैठक जारी रहेकाले बैठक भोलिसम्मका लागि स्थगित गरिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।


आजका लागि बैठक बोलाइए पनि माधव नेपाल पक्षले भने आफूहरु बैठकबारे अनभिज्ञ रहेको बताएको थियो । आजको बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी हुने बताइएको थियो । यता, एमालेभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक सिंहदरवारमा जारी रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।