५ वर्षदेखि पक्की पुल निर्माण अलपत्र
काठमाडौँ २३ असार । मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को (ख) र क्षेत्र नम्बर–२ को (क) अन्तर्गत पर्ने मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,४ र ५ लाई जोड्ने सामरी खोलाको पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ५ वर्ष बितिसक्दा समेत निर्माणको काम अलपत्र छ ।
प्रदेश राजधानी हेटौंडासँगै जोडिएको उक्त पालिकाको सो पुल मुख्यमन्त्री डोरमणी पौडेलको सरकारी निवास र कार्यालयबाट करिब १० किलोमिटरको दुरीमा रहेको छ । तर,उक्त पुल निर्माणमा भने मुख्यमन्त्री पौडेलको कुनै चासो देखिएको छैन ।
तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत जिल्ला विकास समिति मकवानपुरले नागार्जुन शंखरमाली जेभी नामक निर्माण व्यवसायी कम्पनीलाई १५ महिनाभित्र पुल निर्माण गरिसक्नुपर्ने गरी निर्माणको जिम्मा दिएको थियो ।
तर निर्माण व्यवसायी कम्पनीको लापरबाही र सरोकारवाला निकायको मौनताका कारण हालसम्म पनि उक्त पुलको निर्माणको काम एक चौथाई पनि हुन सकेको छैन ।
नागार्जुन शंकरमाली जेभीलाई ५ करोड ३७ लाख ९२ हजार रुपैयाँ लागतमा २०७३ साल पुस ११ गते उक्त पुल निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता अवधि सकिएकै ५ वर्ष बितिसकेको छ तर,अहिलेसम्म एक पुलको स्पान (एक भाग) समेत निर्माण हुन सकेको छैन ।
सम्झौता अनुसार,गत २०७४ चैत्र ११ गतेसम्ममा उक्त पुलको निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने हो । ठेक्का सम्झौता भएको ५ बर्ष बितिसक्दा समेत १ सय ३ मिटर लम्बाइको उक्त पुल अलपत्र अवस्थामा छ । समयमै पुल निर्माण हुन नसक्दा मकवानपुरगढी वडा नम्वर ३,४ र ५ का जनताले दैनिक रुपमा सास्ती खेप्दै आइरहेका छन् ।३ स्पानको उक्त पुल ठेकेदारको बदमासीले गर्दा अहिलेसम्म ३ वटा मात्र पिल्लर उठाइएको छ ।