निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित
काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा नै भइरहेको छ । विश्वव्यापी महामारीको समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ ।
आयोजनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएकाले विगत महिनामा जस्तै अहिले पनि यहाँ ६५० भन्दा बढी कामदार कार्यरत छन् । अहिले निर्माणस्थलमा बाहिरबाट कोही पनि सकेसम्म नआउने र आउनै पर्ने व्यक्ति पनि स्वास्थ्य जाँच गरेर मात्रै आउन दिइएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । बाहिरबाट जानैपर्ने व्यक्तिलाई ज्वरो जाँच गरेर मात्रै छिर्न दिइने गरिएको छ । आयोजनामा सम्बन्धित व्यक्तिबाहेक बाहिरबाट आगन्तुक जान रोक लगाइएको छ । उनले भने, “अहिलेको अवस्थालाई विचार गरेर हामी पनि आवश्यक हुँदा मात्रै जाने गरेका छौँ ।”
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिएको र त्यति गर्दागर्दै कसैलाई सङ्क्रमण भएको शङ्का लागेमा छुट्टै बस्नका लागि व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ । निर्माणस्थलमा नै २५ जना क्षमताको १० कोठाको आइसोलेशन बनाइएको छ । तीन ठाउँमा २५÷२५ जना बस्न सक्ने गरी छुट्टाछुट्टै क्याम्पको व्यवस्था मिलाइएको छ । कोही व्यक्ति सङ्क्रमित भइहालेमा उसलाई तत्काल छुट्याएर राखिने प्रमुख शाक्यले बताए ।
निर्माणस्थलमा कार्यरत व्यक्तिलाई समस्या आउँदा तत्काल समाधान गर्न अक्सिजन सिलिन्डर र मेडिकल टोली पनि व्यवस्था रहेको प्रमुख शाक्यले जानकारी दिए । मेडिकल टोलीमा अहिलेसम्म चिकित्सक नभएकामा त्यसको पनि आवश्यक रहेकाले ल्याउने योजना रहेको उनले बताए । आवश्यक पर्दा एम्बुलेन्स पनि तयारी रहेको बताइएको छ । उनले भने, “हामीले सकेसम्म आवश्यक पर्ने सबै कुराको व्यवस्था मिलाइएको छ ।”