image
image

सोलार विद्युतको हब बन्दै प्रदेश २, ७० प्रतिशत आयोजना २ नम्बर प्रदेशमा मात्रै

जलविद्युतको सम्भावना नरहेको प्रदेश २ मा सोलार विद्युतमा भने निजी क्षेत्रबाट सयौं मेगावाटका आयोजना अघि बढेका छन्।

 

चौधरी ग्रुपले २०० मेगावाट बराबरको सोलार आयोजनाको अनुमति पाउँदा पानस इनर्जी र मिथिला इनर्जीले पनि १००/१०० मेगावाटका आयोजना आघि बढाउने तयारी गरेका छन्।

पानस इनर्जीले सिरहामा १०० मेगावाटको सोलार परियोजना अघि बढाउन विद्युत विकास विभागबाट अनुमतिसमेत पाइसकेको छ।

त्यस्तै मिथिला इनर्जीले पनि १०० मेगावाटको सोलार आयोजना बनाउन सर्वेक्षण अनुमति माग्दै विभागमा निवेदन दिएको छ।

अन्य साना ठूला दर्जनौ सोलार आयोजना गरि ५०० मेगावाट बराबरका आयोजना निर्माणाधिन रहेको प्रदेश २ सोलार विद्युतको हब बन्ने भएको छ।

पानस इनर्जीले सिरहाको दुर्गापुरमा १०० मेगावाट क्षमताको सोलार आयोजना निर्माणको लागि सर्वेक्षण अनुमति पाएको हो।

सिजी इनर्जीले प्रदेश २ मा २०० मेगावाट सोलार विद्युत उत्पादनको लागि अनुमति लिइसकेको छ। सिजीले पर्सा दुहबीमा ५० र गढीमा ३० मेगावाटका दुई आयोजना गरि ८० मेगावाट र महोत्तरीको पशुपतिनगर, हातीसरुवा, मेघनाथ र गोरहनामा गरि १२० मेगावाटको एउटै सोलार आयोजना निर्माणका लागि अध्ययन अनुमति पाइसकेको छ। 

यी सहित साना-ठूला गरि प्रदेश २ मै करिब ५०० मेगावाट बराबरका सोलार आयोजना विभिन्न चरणमा छन्।

अपि पावरले धनुषामा १ मेगावाट, इको पावरले धनुषामै १० मेगावाट, फर्च्युन डेभलपरले महोत्तरीमा ९.५ मेगावाट, कान्तिपुर इनर्जीले बारामा २ मेगावाट, सोलार स्टारले धनुषामा ५ मेगावाट र नेपाल पेट्रोलियम ट्रेड लिंकले बारामा ५ मेगावाटको सोलार आयोजना निर्माणका लागि अध्ययन अनुमति पाइसकेका छन्। तराई सोलार प्रालीले पर्सामा ७.७ मेगवाटको आयोजना अघि बढाउन सर्वेक्षण अनुमति माग गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।