image
image
रुपन्देहीको सालझण्डीमा सुरु भयो नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’

रुपन्देहीको सालझण्डीमा सुरु भयो नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’

 

मंसिर १० — नेपाल र भारतका सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।

मंसिर ९ देखि २२ गते अर्थात् नोभेम्बर २५ देखि डिसेम्बर ८ सम्म सञ्चालन हुने यस अभ्यासमा नेपाली सेनाको ज्वालादल गण र भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट सहभागी हुँदैछन्।

दुई देशका सैनिकबीच आपसी समन्वय, व्यावसायिक दक्षता र संयुक्त रूपमा काम गर्ने क्षमता अभिवृद्धि गर्नु अभ्यासको प्रमुख उद्देश्य रहेको नेपाली सेनाले जनाएको छ।

अभ्यासका क्रममा दुवै देशका सैनिकले एकअर्काको सैन्य कार्यप्रणाली, रणनीति र कार्यानुभव आदानप्रदान गर्नेछन्। यसले कठिन परिस्थितिमा संयुक्त रूपमा काम गर्न र सुरक्षा चुनौतीको सामना गर्न आवश्यक समन्वय विकास गर्ने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीच सन् २०१० अर्थात् विसं २०६७ देखि हरेक वर्ष आलोपालो गरी यो संयुक्त सैनिक अभ्यास सञ्चालन हुँदै आएको छ। एक वर्ष नेपालमा र अर्को वर्ष भारतमा आयोजना हुने यस अभ्यासको अघिल्लो संस्करण सन् २०२५ मा भारतको पिथौरागढमा सम्पन्न भएको थियो।

यसपटकको २०औँ संस्करण नेपालमा आयोजना हुन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।