image
image
धुलिखेल अस्पतालमा १० शय्याको बर्न उपचार वार्ड सञ्चालन

धुलिखेल अस्पतालमा १० शय्याको बर्न उपचार वार्ड सञ्चालन

मंसिर १०। जलनबाट पीडित बिरामीलाई विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा ल्याइएको छ।

नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालको सहकार्यमा स्थापना गरिएको उक्त वार्डको मंसिर ८ गते मंगलबार संयुक्त रूपमा उद्घाटन गरिएको हो। नबिल बैंकका सञ्चालक समिति अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले वार्डको उद्घाटन गरेका हुन्।

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत स्थापना गरिएको यस वार्डबाट जलनका बिरामीले विशेषज्ञ उपचार, आवश्यक शल्यक्रिया तथा दीर्घकालीन पुनर्स्थापना सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

जलनका कारण शारीरिक पीडासँगै मानसिक र सामाजिक समस्या पनि झेल्नुपर्ने भएकाले बिरामीलाई मनोसामाजिक परामर्श तथा पुनर्स्थापना सेवासमेत उपलब्ध गराउने लक्ष्य राखिएको छ।

यसअघि नबिल केयरले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा निःशुल्क जलन शल्यक्रिया शिविर सञ्चालन गरेको थियो। ती शिविरमार्फत देशका विभिन्न क्षेत्रका करिब पाँच सय जलन प्रभावितले उपचार प्राप्त गर्ने अवसर पाएको बैंकले जनाएको छ।

नयाँ वार्डको स्थापनाले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको पहुँच विस्तार हुनुका साथै आर्थिक अवस्था कमजोर भएका बिरामीलाई समेत उपचारको अवसर सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।