image
image
भारतबाट नेपालले दैनिक ६५४ मेगावाटसम्म विद्युत् पाउने

भारतबाट नेपालले दैनिक ६५४ मेगावाटसम्म विद्युत् पाउने

असोज २। हालैको बाढी तथा पहिरोका कारण नेपालका जलविद्युत् आयोजनामा क्षति पुगेर आन्तरिक विद्युत् उत्पादन प्रभावित भएपछि भारतले नेपाललाई दैनिक १८ घण्टासम्म अधिकतम ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने अनुमति दिएको छ। यो व्यवस्था सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म लागू हुनेछ। भारतको विद्युत् मन्त्रालयका अनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट ६०० मेगावाटसम्मटनकपुर–महेंद्रनगर १३२ केभी लाइनबाट थप ५४ मेगावाटसम्म विद्युत् नेपालले आयात गर्न सक्नेछ।

बाढीका कारण जलविद्युत् पूर्वाधारमा ठूलो क्षति भएपछि आगामी सुख्खायाममा नेपालमा विद्युत् आपूर्तिको दबाब बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर भारतबाट थप विद्युत् आयातको व्यवस्था गरिएको हो। जनवरी २०२७ देखि कति विद्युत् निर्यात गर्ने भन्ने विषय डिसेम्बरमै पुनरावलोकन गरिने भारतको विद्युत् मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।