आज काठमाडौंसहित २४ जिल्लाका नदीमा आकस्मिक बाढीको सम्भावना
असोज १। आज ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुरलगायत २४ जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।
बाढीको सम्भावना रहेका नदी तथा खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान छ।









