image
image
दक्षिण सुडानमा नेपाली सेनाको मानवीय पहल: १९० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

दक्षिण सुडानमा नेपाली सेनाको मानवीय पहल: १९० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

असोज १। संयुक्त राष्ट्रसंघीय मिसन (UN Mission) मा कार्यरत नेपाली सेनाले दक्षिण सुडानको राजधानी जुबास्थित एक प्राथमिक विद्यालयमा १९० जना विद्यार्थी तथा शिक्षकसँग अन्तरक्रिया गरेको छ।

विद्यार्थीहरूलाई शिक्षा हासिल गर्न तथा उज्ज्वल र सफल भविष्य निर्माणतर्फ अघि बढ्न प्रेरित गर्ने उद्देश्यले नेपाली सेनाले खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको जनाएको छ।

नेपाली सेनाको यस्तो पहलले स्थानीय विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह बढाउनुका साथै नेपाल र दक्षिण सुडानबीचको मानवीय सम्बन्धलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।