“साउदीलाई ५ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा, गुलशन झाको विस्फोटक ब्याटिङ!”
भाद्र २२। नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। आइतबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको हो। साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमै ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा गुलशन झा नायक बने, उनले ३५ बलमा ४४ रनको अविजित आक्रामक पारी खेले। रोहित पौडेल २४ रनमा नटआउट रहे। यसअघि बलिङतर्फ कप्तान सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएपछि नेपालले साउदी अरेबियालाई ४९.२ ओभरमा १९० रनमै समेटेको थियो। यो जितसँगै नेपालले समूह ‘ए’ मा ६ अंक जोड्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।









