पहिरोले रोल्पाको सडक सम्पर्क रोकियो
२१ भदौ । रोल्पामा रातभर परेको भारी वर्षापछि सडक माथिबाट पहिरो खस्दा घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। परिवर्तन गाउँपालिका–१ खोलावाङ क्षेत्रमा पहिरो खसेपछि बिहानैदेखि यातायात ठप्प भएको हो। सडक बन्द हुँदा दाङ, रोल्पा र रुकुमतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्। वर्षा जारी रहेकाले थप पहिरोको जोखिमसमेत कायम रहेको छ।









