image
image
बाजुरामा वर्षाको कहर : पहिरोले घरमा क्षति, सडकसमेत अवरुद्ध

बाजुरामा वर्षाको कहर : पहिरोले घरमा क्षति, सडकसमेत अवरुद्ध

२१ भदौ। बाजुराको बडीमालिका नगरपालिका–९ मा अविरल वर्षासँगै आएको पहिरोले आधा दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको छ। पहिरोका कारण मार्तडीस्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँधलगायत क्षेत्रमा सडकसमेत अवरुद्ध भएको छ। पहिरोपछि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ भने बडीमालिका नगरपालिका र सडक विभागको जेसीबी प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ। लगातार वर्षा भइरहेकाले थप पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।