image
image
मैथिली साहित्यले गुमायो एक वरिष्ठ स्रष्टा

मैथिली साहित्यले गुमायो एक वरिष्ठ स्रष्टा

२१ भदौ । वरिष्ठ मैथिली साहित्यकार तथा समालोचक डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको छ। जनकपुरधाम उपमहानगरपालिका–११ स्थित आफ्नै निवासमा शनिबार राति उनको निधन भएको हो। मैथिली साहित्यमा लामो समय योगदान दिएका लालले कथा, कविता, गीत, लेख, पटकथा, यात्रा वृत्तान्त र लोकसाहित्यलगायत विभिन्न विधामा कलम चलाएका थिए। उनको पहिलो प्रकाशित मैथिली रचना ‘सरस्वती वन्दना’ सन् १९६० मा प्रकाशित भएको थियो। ‘साक्षात्कार’, ‘माधव नहि अएला मधुपुरसँ’, ‘हमर विदेश भ्रमण’, ‘महाकवि विद्यापति’ र ‘खिस्सा पिहानी’ उनका चर्चित कृतिमा पर्छन्। मैथिली त्रैमासिक **‘नैमिकानन’**का सम्पादकसमेत रहेका लालले साहित्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि मिथिला रत्न, ज्योतिरीश्वर साहित्य सम्मान तथा प्रादेशिक प्रतिभा पुरस्कारलगायत सम्मान प्राप्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।