काठमाडौंमा ग्यासको अभाव चर्कियो, सिलिन्डरका लागि घण्टौँ लाइन
भाद्र २२। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन् चर्किएको छ। उपभोक्ताहरू सिलिन्डर लिन घण्टौँ लाइन बस्नुपरेको छ भने होटल तथा रेस्टुरेन्ट व्यवसायसमेत प्रभावित भएका छन्। नेपाल आयल निगमले वैकल्पिक मार्गबाट ग्यास ल्याइरहेको दाबी गरे पनि मागअनुसार आपूर्ति हुन सकेको छैन। निगमका अनुसार भदौ १८ देखि २० गतेसम्म ८७ हजार ८७७ सिलिन्डर उपत्यका भित्र्याइएको छ, तर व्यवसायीहरूका अनुसार हालको आपूर्ति दैनिक मागको करिब ५ प्रतिशत मात्रै पुगेको अवस्था छ।









