चिनियाँ रकेट नियन्त्रण बाहिर, शनिबारसम्म पृथ्वीमा खस्ने आँकलन
काठमाडौं । २१ टन तौल रहेको चिनियाँ रकेट नियन्त्रण बाहिर गएको छ। उक्त रकेट आउँदो शनिबार पृथ्वीमा खस्ने आँकलन गरिएको छ । अमेरिकी सरकारले मानव वस्तीबाहिर रकेट खस्ने सम्भावना रहेको भन्दै चेतावनी समेत दिएको हो
त्यस्तै पृथ्वीको पर्यावरणमा रकेटको पुनः आगमनको सम्भावना रहेको उल्लेख गर्दै अमेरिकी प्रतिरक्षा विभागका प्रवक्ताले यसको प्रवेश विन्दु यकिन रुपमा अहिले नै निर्धारण गर्न नसकिने बताएका छन् । १०० फिट लामो, १६ फिट चौडा आकारको ‘२०२१-०३५ बी’ नामक यो रकेट प्रति सेकेन्ड चार माइलको गतिमा यात्रा गरिरहेको पत्ता लागाएका छन् । रकेट पुनः पृथ्वीमै फर्केपछि यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो अनियन्त्रित फर्किने यान हुनेछ ।