image

जुम भन्दा सजिलो र भरपर्दो माध्यम नेपाली Rolling CAT, यस्तो छ विशेषता

जुम भन्दा सजिलो र भरपर्दो माध्यम नेपाली Rolling CAT, यस्तो छ विशेषता

काठमाडौँ  २१ वैशाख । रोलिङ्ग  रोलिङ्ग प्लान्स प्रालिद्वारा संचालित नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल 'रोलिङ नेक्सस'ले  विभिन्न विधाहरुको विकास गरेको छ ।  जसमध्ये एउटा महत्त्वपूर्ण हो Rolling CAT (Computer Adapative टेस्ट) हो । यसमा कुनै पनि पेशा व्यावसायमा आफ्नो भविष्य खोज्ने नया नयाँ सम्भावनाहरुले उक्त पेशा व्यावसाय संचालन गर्दा चाहिने आधारभुत ज्ञान सीप र दक्षताको परिक्षण र समाधान पाउने गर्दछन ।  यसका साथै लोक सेवा आयोग र शिक्षक सेवा आयोगद्वारा लिइने खरिदार देखि शाखा अधिकृत तथा शिक्षक सेवा आयोगद्वारा लिइने प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको लिखित परिक्षाको अनलाइन अभ्यास परिक्षाहरु संचालन गर्दै आइरहेको छ ।

त्यस्तै अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै लोक सेवा आयोग र शिक्षक सेवा आयोग तयारी गर्ने विधार्थीहरुले नियमित भौतिक कक्षामा उपस्थित भइ आयोग तयारी गर्न नसक्ने अवस्था सिर्जना भएको  कुरालाई ध्यानमा राखेर  विधार्थीलाई ईन्टरनेटको माध्यमबाट सहज रुपमा आयोग तयारीमा सहयोग पुर्याउनु Rolling CAT को मुख्य उद्देश्य रहेको छ । यस्तै Rolling Classroom पनि एउटा छुट्टै नवप्रवर्तन हो जसले विधमान ज्ञान, सीप र धारणालाई सममको माग र आवस्यकता अनुशार परिमार्जन गर्दै अगाडि बढ्न हौसला प्रदान गर्दछ।


 हाल नेपालका साथै अन्य कुनै पनि बिकासोन्मुख तथा विकसित मुलुकमा प्रचलित पाठ्यक्रम वा पाठ्यबस्तुहरुलाई लक्ष्यित गरी यस रोलिङ क्लासरुम पल्याटफर्मले उक्त पाठ्यक्रम वा बिषयवस्तुलाई ट्रेन्डिङ कोर्षको रुपमा समावेश गरेको छ । यस पल्याटफर्मलाई लर्निङ सेन्टरको पर्यायवाची रुपमा लिन सकिन्छ अर्को भाषामा भन्ने हो भने ई लर्निङ पनि भन्न सकिन्छ जुन WebRTC technology मा आधारित रहेको छ जस अन्तर्गत शिक्षक र विधार्थीहरुको एटेन्डेन्स, अनलाईन/अफलाईन असाङ्मेन्ट, सबमिशन, डिजिटर स्कोरिङ, डिजिटल सर्टिफिकेट, डिजिटल पेमेन्ट, डिस्कसन फोरम लगायत अन्य थुप्रै सुविधाहरु रहेको जानकारी गराइएको छ ।

Rolling CAT मार्फत आयोग तयारी गर्दा हुने फाइदा यस प्रकार रहको छ : 

१. लोक सेवा आयोग र शिक्षक सेवा आयोगमा आफ्नो भविष्य बनाउन चाहाना भएका तर कार्य व्यस्तताले अध्ययनलाई निरन्तरता दिन नसक्ने व्यत्तिहरुले आफुले चाहेको समयमा सजिलै आयोग तयारीका लागि आवश्यक पर्ने महत्त्वपूर्ण स्रोत तथा सन्दर्भ सामाग्री प्राप्त गर्न सक्नेछन ।

२. Rolling CAT एउटा Online platform भएकाले कुनै पनि व्यत्तिले आफुलाई अनुकूल हुने समय र स्थानमा आयोग तयारी गर्न सक्नेछन।  

३. आयोग तयारी गर्न चाहाना भएको शहर बजारको पहुँचबाट टाढा रहेका व्यत्तिले Online मार्फत सजिलै अध्ययन गर्न पाउने व्यावस्था रहेको छ।  

४. अनलाइन मार्फत दैनिक अभ्यास गर्दा आफ्नो प्रगती भए नभएको थाहा पाउनुका साथै तुरुन्तै पृष्ठपोषण प्राप्त गर्न सकिनेछ।  

५. न्यूनतम मूल्यमा  ईन्टरनेटको माध्यमबाट सजिलै गुणस्तरिय र भरपर्दो अभ्यास नमुना प्रश्नपत्र प्राप्त गर्न सक्नुहुनेछ।  

६. आयोग तयारी गर्न चाहिने सम्पुर्ण स्रोत तथा सन्दर्भ सामाग्री लोक सेवा आयोग र शिक्षक सेवा आयोगको पुर्ण पाठ्यक्रममा अधारित भइ बिशिष्टिकरण तालिका अनुसार तयार गरिएको छ।   

७. Rolling CaT मार्फत आयोग तयारी गर्दा हरेक दिन वा आफुलाई अनुकुल हुने समयमा अनलाइन परीक्षामा सहभागी हुदा परिक्षामा हुने गल्ती दिनानुदिन कम हुँदै जान्छ।  

८. हरेक दिन प्रश्नहरुको अभ्यास गर्दा विधार्थीहरुमा गरेर सिक्न सकिन्छ भन्ने भावनाको बिकास हुनुका साथै मनोबल बिकास हुँदै जान्छ।   
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।