image
image
कर्णाली प्रदेशले ०८२ का लागि प्रदेशभित्र ६ दिन थप सार्वजनिक बिदा दिने

कर्णाली प्रदेशले ०८२ का लागि प्रदेशभित्र ६ दिन थप सार्वजनिक बिदा दिने

काठमाडौं । नेपाल सरकारले दिने सार्वजनिक बिदामा कर्णाली प्रदेश सरकारले आउने वर्ष ०८२ का लागि प्रदेशभित्र ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले निर्णय गरेकाबाहेक थप ६ दिन बिदा दिने निर्णय गरेको हो । 

विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेन्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदाबाहेक ६ दिनको बिदा थप गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी तुल्सी प्रसाद आचार्यले जानकारी दिए । विगतमा पर्व र दिवस विशेषमा बिदा दिन मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने अवस्था अब नरहेको उनले बताए । 

उनका अनुसार प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (वैशाख २४ गते), गाईजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी पर्व फागुन १९ गते गरी चार दिन बिदा दिने निर्णय गरेको हो । सरकारले मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनको चरणमा आउनेछ । ती बिदाहरू प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा लागू हुने उनले बताए । विगतमा भने प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विभिन्न पर्व र अवसरमा गरी ६ दिन बिदा दिने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।